२ पुष २०८२, बुधबार
,
Latest
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा नामिबियालाई १३३ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । खराब ब्याटिङ गरेको नेपालले आइसिसी विश्वकप लिग–२ मा नामिबियालाई जितको लागि १३३ रनको सामान्य लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको नेपाल ४१.१ ओभरमा अलआउट हुँदै जम्मा १३२ रन बनायो ।

नेपालको लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । उनले ८६ बलमा दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले ३१ बलमा ३ चौकासहित २१ रन बनाए । करण केसीले ३८ बलमा १६ रन बनाउदा कुशल मल्लले १५ र पवन शर्राफले १२ रन बनाए ।

नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर आउट भए । यसपछि चौथो ओभरमा आसिफ शेख ४ रन र १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए ।

नामिबियाका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिए ।