२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिका कपमा दोस्रो भएको नाइजेरियन फुटबल टिमलाई राजधानीमा जग्गा र फ्ल्याट दिइने



अ+ अ-

एजेन्सी । नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले नाइजेरियाको राष्ट्रिय फुटबल टोलीलाई सम्मान प्रदान गर्नुभएको छ ।

प्रेसिडेन्सियल भिल्लामा स्वागत गर्दै उहाँले हालै सम्पन्न अफ्रिका कप अफ नेसन्समा उनीहरूले दोस्रो स्थान हासिल गरेकोमा उच्च प्रशंसा गर्नुभयो । उहाँले सुपर इगल राष्ट्रिय सम्मानबाट हरेक सदस्यहरुलाई सम्मानित गर्नुभएको हो ।

टोलीका प्रत्येक सदस्य, खेलाडीदेखि कोचिङ स्टाफसम्म, राष्ट्रको खेलकुद गौरवमा उनीहरूको असाधारण प्रयास र योगदानको कदर गर्दै प्रतिष्ठित सदस्य अर्डर अफ नाइजर (एमओएन) बाट सम्मानित गरिएको छ । टिनुबुले प्रशंसा र प्रोत्साहन स्वरुप प्रत्येक व्यक्तिलाई संघीय राजधानी क्षेत्रमा फ्ल्याट र जग्गा उपहार दिनुभयो ।

खेलकुद विकास मन्त्री सिनेटर जोन ओवान एनोहले नाइजेरिया फुटबल फेडेरेसनका अधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।