५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पिएसजी विजयी, बायर्नको हार



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । अन्तिम १६ को पहिलो लेग अन्तर्गत गएराति भएको खेलमा पिएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन खेलको ५८ औं मिनेटमा किलियन एमबाप्पेले तथा ७० औं मिनेटमा ब्राडली बार्कोलाले गोल गरे ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब लाजिओले जर्मन क्लब बायर्न म्युनिखलाई हरायो । घरेलु मैदानमा लाजिओलाई जित दिलाउन एकमात्र निर्णायक गोल किरो इमोविलेले गरे । उनले ६९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । खेलको ६७ औं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड खाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै पिएसजीले २–० र लाजिओले १–० को एग्रिगेट बनाएका छन् । यी टोलीहरुको दोस्रो लेगका खेलहरु मार्च ६ मा हुनेछन् । जसमा सोसिडाड र बायर्नको घरेलु मैदानमा खेलहरु खेलिनेछ ।