१ पुष २०८२, मंगलवार
,
Latest
राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ आजदेखि, नेपालले नामिबियासँग खेल्दै



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ आज बिहीबारदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले नामिबियासँग प्रतिस्पर्धा गरेर लिगको सुरुवात गर्दैछ ।

नेपाल र नामिबियाबीचको खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । घरेलु समर्थकको भरपुर फाइदा उठाउँदै नेपालले जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित टियु मैदानमा सञ्चालन हुनेछन् ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल शाह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सुर्य तामाङ