• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि ★   सरकारी गाडीले लेन मिचेपछि ट्राफिक प्रहरीले गर्यो कारबाही ★   नेकपा एसको १०औँ राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्ष नेपालले रिमोट चलाएर उद्घाटन गरे ★   भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँः सम्मानित नेता खनाल ★   महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत ★   जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने ★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह

युक्रेन आक्रमणको आपत्तिजनक आलोचकहरूको सम्पत्ति जफत गर्नेसम्बन्धी कानूनमा पुटिनद्वारा हस्ताक्षर



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गर्नुभएको छ ।

मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ ।

उक्त कानूनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषी व्यक्तिहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तुहरू जफत गर्न सक्षम बनाउँछ । कानूनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ ।

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको हो । ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले गत महिना भन्नुभएको थियो, “आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमाश र गद्दारहरूलाई यो कानूनले निशाना बनाउँछ ।”

मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ । उक्त कानून युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ ।