२७ फाल्गुन २०८१, मंगलवार
March 11, 2025 Tuesday
Latest
हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन राष्ट्रिय सुरक्षामा देखिएका नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड नदिनाला स्वच्छ राख्न नीतिगत निर्णय आवश्यकः उपप्रधानमन्त्री सिंह वनमन्त्री शाहीसँग र बेलायती राजदूतको शिष्टाचार भेट ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी गण्डकीका तीन लाखबढी परिवारको स्वास्थ्य प्रोफाइल तयार मालिका गाउँपालिकाले मनायो स्थापना दिवस प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता गण्डकी प्रदेश विजयी चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने बागमती प्रदेश सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन आक्रमणको आपत्तिजनक आलोचकहरूको सम्पत्ति जफत गर्नेसम्बन्धी कानूनमा पुटिनद्वारा हस्ताक्षर



अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गर्नुभएको छ ।

मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ ।

उक्त कानूनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषी व्यक्तिहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तुहरू जफत गर्न सक्षम बनाउँछ । कानूनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ ।

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको हो । ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले गत महिना भन्नुभएको थियो, “आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमाश र गद्दारहरूलाई यो कानूनले निशाना बनाउँछ ।”

मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ । उक्त कानून युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ ।