५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गर्यो: वामदेव गौतम



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपरोध गरेको आरोप लगाउनुभएको छ ।

महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई गलत अर्थ लगाएर सत्तारुढ गठबन्धनसँग आत्मसमर्पण गरेर त्यसको निर्वाचन गराएकाले निर्वाचन आयोगले नेपाली जनतामाथि ठूलो अत्याचार गरेको उहाँको जिकिर थियो ।

बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो निर्वाचनमा संविधानको गलत अर्थ लगाएर निर्वाचनलाई बैधानिकता दिएकाले त्यसको भागीदार आफैँ बन्नुपर्ने समेत बताउनु भयो । राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष दुवै हुनुपर्ने २०७२ सालको निर्वाचनको नजिरलाई लत्याएर निर्वाचन आयोगले सो निर्वाचनमा गलत निर्णय लिएको सांसद गौतमको भनाई थियो । उहाँले त्यस अवसरमा संविधानको व्याख्या गर्ने काम नगर्न पनि निर्वाचन आयोगलाई सचेत गराउनु भयो ।

सांसद गौतमले भन्नुभयो, ‘अघि भर्खरै प्रमुख निर्वाचन आयुक्तले संविधानको कुरा उठाएर वा भन्ने कुराको अर्थ विभिन्न लाग्दो रहेछ भन्दै यस पटक भएको निर्वाचनलाई वैधानिकता दिनुभयो । यस पटक भएको राष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रको संविधानको गलत अर्थ लगाएर उपराष्ट्रपति बनाइएको छ । र त्यो निर्वाचन आयोग अहिले भएको गठबन्धन अगाडि निर्वाचन आयोगले आत्मसमर्पण गरेको छ । र यसमा कसैले मुद्दा हालेको छैन । र यो वास्तवमा दण्डनीय अपराध भएको छ । गलत व्याख्या गरियो ।

अब एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विषय पनि के हो भने नजिर बसिसकेपछि कानूनमा दोधार चाँही हुन सक्दैन । २०७२ सालको राष्ट्रपति निर्वाचनमा नजिर बसीसकेको छ । संविधानमा वा भनिएको व्यवस्था के हो भन्दा एक जना पुरुष र एक जना महिला हुनैपर्छ । त्यसमध्ये एउटा फरक समुदायको हुनुपर्छ भन्ने हो । महिला र पुरुष अनिवार्य छ । तर यो दुइ वटामध्ये एउटै समूदायको हुनु हुँदैन । दुई वटा समुदायको हुनुपर्छ भन्ने हो । र त्यो नजिर बसिसकेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगले नै त्यो निर्वाचन गरायो । त्यसो हुँदाखेरी निर्वाचन आयोग त्यसको भागी छ ।

कुनै बेला हामीले मूल्यांकन गर्दाखेरी इतिहासमा उल्लेख हुँदाखेरी पनि निर्वाचन आयोगले ध्यान दिएन । अन्धो भयो । र त्यहाँबाट जे विषय आयो, त्यसलाई हात उठाएर आँखा चिम्लेर समर्थन गर्यो । त्यस्तो विषयलाई वा को अर्थ यस्तो भनेर अर्थ लगाउनु पाईन्न । संविधानको ब्याख्या सर्वोच्च अदालतले गर्छ । निर्वाचन आयोगले होइन । र निर्वाचन आयोगले नजिर बसिसकेको विषयलाई पनि त्यो गर्नुभयो । र ठूलो अत्याचार भयो नेपाली जनतामाथि । त्यहाँ एक जना महिला भएन । दुई वटै पुरुष भए । दुई वटै टोपी, धोती र सुरुवाल लगाएर हिँडनेहरु । त्यसो भएर यो अन्यायपूर्ण छ । गलत भएको छ ।’

सांसद गौतमले निर्वाचन प्रणालीमा पनि थुप्रै त्रुटीहरु रहेको पनि दोहो¥याउनु भयो ।