५ आश्विन २०८१, शनिबार
,
Latest
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्टाइन विशेषः यस्तो शाही प्रेम कथा जुन ऐतिहासिक प्रेम कथाहरूमा समावेश छ



अ+ अ-

एजेन्सी । बाल्यकालमा राजा–रानीहरूका धेरै कथाहरू सुन्नुभएको होला र फिल्महरुमा पनि देखेको हुन सक्छ । आज, भ्यालेन्टाइन स्पेशलमा, हामी तपाईलाई एक राजा र रानीको रोचक प्रेम कथा सुनाउँदैछौं ।

यो जयपुरका राजा सवाई मान सिंह द्वितीय र रानी गायत्री देवीको कथा हो, जसलाई २० औं शताब्दीको गोल्डेन कपल पनि भनिन्छ । राजा र रानीको यो कथा जति सुन्दर थियो त्यति नै कठिनाइले भरिएको थियो तर पनि सबै चुनौतिलाई पार गर्दै उनीहरुको प्रेमले इतिहासको पानामा आफ्नो स्थान बनायो ।

राजकुमारी गायत्रीको जन्म लन्डनमा सन् १९१९ मा कुचबिहारका राजकुमार जितेन्द्र नारायण र बडोदाकी राजकुमारी इन्दिरा राजेमा भएको थियो । दाजुको मृत्युपछि राजा जितेन्द्र कूचबिहारका राजा भए । राजकुमारी गायत्री देवी, जसलाई उनका नजिकका व्यक्तिहरूका लागि आयशा भनेर पनि चिनिन्छन्, केवल १२ वर्षकी थिइन् जब उनले जयपुरका राजा मान सिंह द्वितीयसँग प्रेममा परिन् । राजा मान सिंह पोलो खेल्न मन पराउँथे र यसै सम्बन्धमा उनी एक खेल खेल्न कलकत्ता पुगेका थिए ।

गायत्री देवीले राजा मान सिंहलाई पहिलो पटक देख्दा उनी २१ वर्षकी थिइन् र विवाहित पनि थिइन् । मान सिंहका दुई श्रीमती महारानी मुराधर कंवर र महारानी किशोर कंवर थिए । महारानी किशोर कंवर राजा मान सिंहकी पहिलो पत्नीकी भतिजि पनि थिइन् ।

राजामान सिंह जस्तै राजकुमारी गायत्री देवीलाई पनि पोलो खेल्न र घोडसवारी गर्ने धेरै मन थियो र यसै कारण उनीहरुको सम्बन्ध सुरु भयो । गायत्री देवीले मायाले राजामान सिंहलाई जय भनेर बोलाउँथिन् । यी भेटघाटका कारण उनीहरुको प्रेम फक्रन थाल्यो तर अब उनीहरुलाई अप्ठ्याराहरुले घेरिन थालेको थियो ।

जब राजामान सिंहले राजकुमारी गायत्रीकी आमा रानी इन्दिरा देवीसँग विवाहको लागि हात मागेका थिए, उनले स्पष्ट रूपमा अस्वीकार गरिन् । कारण स्पष्ट थियो, राजा मान सिंहका दुई पत्नी थिए र उनको स्थानमा महिलाहरूले पर्दा प्रथा पालना गर्नुपरेको थियो । राजकुमारी गायत्रीकी आमा मात्र नभई राजा मान सिंहका साथी भाइले पनि उनीहरुको विवाहको विरोध गरेका थिए ।

मान सिंहसँग बिहे गर्ने जिद्दी तोड्न उनीहरुले गायत्री देवीलाई पनि भने, ‘तिमीले उनीसँग बिहे गर्नु ठीक होइन, उनी सधैँ महिलाले घेरिएका छन् ।’ तर यसपछि पनि गायत्रीदेवीले कसैको कुरा सुनिनन् ।

उनीहरु दुवै एकअर्काको प्रेममा यति गहिरो थिए कि परिवारको कुनै वास्ता नगरी सन् १९४० मा उनीहरुले एकअर्कासँग विवाह गरेका थिए । यसरी राजकुमारी गायत्री जयपुरकी महारानी गायत्री देवी भइन् । गायत्री देवीको परिवारको विरोधका बाबजुद पनि उनीहरुको विवाह त्यतिबेलाको सबैभन्दा महँगो विवाह थियो ।

विवाह त भयो तर अब रानी गायत्रीलाई पर्दाको प्रथाको सामना गर्नु परेको थियो तर सधैं बलियो र खुला मनका महिलाहरूसँग बस्ने गायत्री देवी पनि आमाजस्तै निकै बलियो थिइन् । उनले यो अभ्यासलाई स्वीकार नगर्ने निर्णय गरिन् । यस्तो अवस्थामा उनलाई कसरि बुर्का लगाउन मिल्छ भनेर सोँचेका थिए तर यो कुराले शाही परिवारलाई चित्त दुखाएको थियो । अन्ततः सबैले सहमति जनाए र यसरी बिस्तारै गायत्री देवीले समाज सुधारका लागि धेरै काम गरिन् ।

राजा मान सिंह द्वितीयको मृत्युपछि पनि उनले समाज सुधारको लागि काम गरिरहेकी थिइन् । उनले जयपुरमा छात्राहरूको लागि विद्यालय पनि खोलिन् । महारानी गायत्री देवीले ९० वर्षको उमेरमा सन् २००९ मा जयपुरमा अन्तिम सास लिइन् । महारानी गायत्री देवी र राजा मान सिंह द्वितीयको प्रेमकथा धेरै उतारचढावले भरिएको थियो तर यो निकै सुन्दर पनि थियो, जसको बारेमा मानिसहरू अहिले पनि चर्चा गर्छन् ।