• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

आँखाको समस्याबाट पीडित शकिबले प्रतियोगिताकै सबैभन्दा छिटो अर्धशतक बनाएर तहल्का पिटे



एजेन्सी । मंगलबार शकिब अल हसनले खुल्ना टाइगर्सका बलरलाई कठिन समय दिए । रंगपुर राइडर्सको प्रतिनिधित्व गर्दै आएका शकिबले आफू उत्कृष्ट फर्ममा हुँदा ब्याटिङबाट के गर्न सकिन्छ भन्ने देखाए ।

अनुभवी ब्याट्सम्यानले ३१ बलमा ५ चौका र तीन छक्का प्रहार गर्दै ६९ रन बनाए । एक महिनाअघिसम्म शकिब अल हसन आँखाको समस्याबाट पीडित थिए, जहाँ उनलाई हेर्न समेत समस्या भइरहेको थियो । उनले उपचारका लागि सिंगापुरका आँखा विशेषज्ञसँग उपचार गराए ।

शकिब अल हसनको बीपीएल २०२४ अभियानको सुरुवात नै अस्थिर भएको छ । उनले पहिलो ५ खेलमा १.३३ को औसतमा ४ रन मात्र बनाएका थिए । तर, यो अवधिमा उनको बलिङ राम्रो रह्यो र उनले ६ विकेट लिए । तर शकिबले आफ्नो ब्याटिङमा ध्यान दिए र दूरदन्तो ढाका र चट्टोग्राम च्यालेन्जर्सविरुद्ध क्रमशः ३४ र २७ रन बनाए । त्यसपछि खुल्ना टाइगर्स विरुद्ध शकिब फरक अवतारमा देखिए ।

शकिबले बंगलादेश प्रिमियर लिग २०२४ को सबैभन्दा छिटो अर्धशतक बनाएका छन् । उनले २० औं बलमा आफ्नो ५० रन पूरा गरे । यसरी शकिब ले फर्च्युन बारिशालविरुद्ध २१ बलमा अर्धशतक प्रहार गर्ने इभिन लुइसलाई पछाडि छोडे ।

हसनले मेहदी हसनसँग तेस्रो विकेटका लागि १०९ रनको शतकीय साझेदारी पनि गरे । २४ रनको स्कोरमा रंगपुरले रोनी तालुकदार र रिजा हेन्ड्रिक्सको विकेट गुमाएको थियो । त्यसपछि साकिब–मेहदीले २४/२ को स्कोर बनाएर रंगपुर राइडर्सलाई बचाएका थिए ।

३६ वर्षीय शकिबले बंगलादेश प्रिमियर लिग २०२४ मा हालसम्म ८ खेलमा २२.३३ को औसत र १७८.६६ को स्ट्राइक रेटमा १३४ रन बनाएका छन् । शकिबले हालै चट्टोग्राम च्यालेन्जर्स विरुद्ध आफ्नो टी–२० करियरको ७ हजार रन पुरा गरेका छन् । उनी तत्काल क्रिकेटमा ५ सय विकेटको कीर्तिमान नजिक पनि छन् ।