• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

राप्रपाले फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाउने



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाउन लागेको हो ।

यस्तै, सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तय भएको सो पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपा आन्दोलन परिचालन समितिको बैठकले फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाउने निर्णय गरेको छ ।

राप्रपा आन्दोलन परिचालन समितिको संयोजकमा उपाध्यक्ष डा.धवल शमशेर राणा रहनुभएको छ ।