५ आश्विन २०८१, शनिबार
,
Latest
सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको नवनिर्मित भवनको उद्घाटन



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ ।

बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा शिवलाल भुसालले गर्नुभएको हो । लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट शुरु भएको छ । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा साना ठाँउ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताउनु भयो । सिमित स्रोत साधनबीच पनि विभागले गुणस्तरीय पत्रकारिता शिक्षा दिइँदै आएको उहाँको भनाई छ । उहाँले पत्रकारिताको अध्यापन पनि नयाँ ढङ्गबाट लैजानुपर्छ भन्ने उद्देश्यले विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना बन्न सफल भएको दाबी गर्नुभयो । उहाँले विभागको कुनै ठूलो कार्यक्रम र नयाँ प्रविधि राख्न समेत ठाँउको अभाव भएकाले पनि सबैको साथ सहयोगमा नयाँ संरचना र पूर्वाधार तयार बनाउन सफल भएको बताउनु भयो । उहाँले विभागको सुविधासम्पन्न भवन सजिलो तरिकाले भन्दा पनि सबैको सहयोगबाट सहज भएको उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौति पनि थपिएको बताउनु भयो । उहाँले विश्वमा हुने दिनप्रतिदिन हुने नयाँ परिवर्तन,नयाँ विकास र उपलब्धीहरुलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँल त्यसको लागि नेपाल सरकारसँग सहकार्य गर्दै जानुपर्ने बताउनु भयो । उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको स्तरवृद्धिको लागि विश्वविद्यालयले गर्नुे सहयोग सधैँ गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो । नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन् । त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।