१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बिहानैदेखि किन बादल र कुहिरो लागिरहेको छ ?



अ+ अ-

काठमाडौँ ।  पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ ।

आज बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ । जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीकाअनुसार पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ ।

सुदूरपश्चिम का पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि वागमती प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ ।

केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको विज्ञले बताउनु भयो । बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना रहेको छ ।