५ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले डिएलएस मेथडमा कुवेतमाथि ८ विकेटको जित हात पार्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।

वर्षाले प्रभावित खेलमा जितको लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । नेपाललाई जित दिलाउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । यस्तै, सीता राना मगरले १७ रन जोडिन् ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनायो ।

कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३/१३ रन जोडे ।

कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई/दुई विकेट लिए ।