• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक विकेट



काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तरगत क्वार्टरफाइनल खेलमा कुवेतविरुद्ध सीता राना मगरले ह्याट्रिक बनाएकी छन् ।

बागिमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतविरुद्ध सिताले १३औं ‌ओभरमा ह्याट्रियक विकेट लिएकी हुन् ।

सिताले १३ ‌औं ओभरको दोस्रो बलमा कुवेतकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लू आउट गरिन् । उनी २९ रन बनाएर पेभिलियनमा फर्किईन् । तेस्रो बलमा मार्याम ओमर र चौथो बलमा कप्तान अम्ना सरिफ आउट भए ।

कुवेतले ताजा स्थितीमा १५ ‌ओभरमा ५ विकेट गुमाएर ६० रन मात्र बनाएको छ ।