२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको अस्थिधातु स्थल लिजमा दिने सम्झौता खारेज



अ+ अ-

काठमाडौँ । गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्रको जग्गा द निजी कम्पनीलाई दिने गरी लुम्बिनी विकास कोषले गरेको सम्झौता खारेज भएको छ । १२० बिघा जमिन ९९ वर्षका लागि लिजमा दिने निर्णय कोषले गरेको थियो ।

चौतर्फी विरोध, आलोचना र संसद्को सार्वजनिक लेखा समितिले दिएको निर्देशनपछि ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा रहेको अस्थिधातु स्थल उत्खनन, स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनमा ९९ वर्षका लागि ‘द प्रमिस्ड ल्यान्ड’ लाई लिजमा दिन कोषले गरेको सम्झौता खारेज भएको हो ।

यो सम्झौता कानुनविपरीत रहेको भन्दै लेखा समितिले नै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । संस्कृति मन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोषको बैठकले सम्झौता खारेज गरेको हो ।