१२ श्रावण २०८३, मंगलवार
,
Latest
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप उपविजेता जोर्डनलाई स्वदेशमा भव्य स्वागत



अ+ अ-

एजेन्सी । कतारमा भएको एएफसी एसियन कप, २०२३ मा फाइनलमा आयोजक राष्ट्र कतारसँग पराजित भएको जोर्डनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ ।

दोस्रो स्थान हासिल गरेको जोर्डनको पुरुष फुटबल टोलीलाई जोर्डनको राजधानी अम्मानमा न्यानो स्वागत गरेको हो । जोर्डन फुटबल संघ (जेएफए) का अध्यक्ष राजकुमार अली बिन अल हुसेनले रानी आलिया अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई भेटेर स्वागत गर्नुभयो ।

जोर्डन फुटबल संघ (जेएफए) ले अम्मान अन्तर्राष्ट्रिय रंगशालामा जोर्डन टोलीलाई स्वागत समारोह आयोजना गरेको थियो । जहाँ स्ट्यान्डहरू ठूलो संख्यामा दर्शकहरूले खचाखच भरिएका थिए ।

जसले फाइनल खेलमा पुग्ने ऐतिहासिक उपलब्धि पछि राष्ट्रिय टोलीप्रति कृतज्ञता व्यक्त गरेका थिए । जोर्डनको राष्ट्रिय टोलीले सन् २००४, २०११, २०१५, २०१९ र २०२३ मा पाँच पटक एएफसी एसियन कपमा भाग लिएको छ ।