• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

रामेछापमा ट्र्याक्टर दुर्घटनाः चालकको मृत्यु, दुई जना घाइते



मन्थली । रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने त्यसमा सवार दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको छ भने रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उक्त ट्र्याक्टर सुुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो ।

घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । रासस