५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलोले दाउन्नेको व्यापार चौपट



अ+ अ-

नवलपुर । विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जङ्गल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण व्यापार चौपट भएको छ । धुलोले व्यापार व्यवसाय ह्वात्तै घटेको छ ।

प्राय: भरिभराउ नै रहने यहाँका होटल सडक विस्तारको काम सुरु भएसँगै अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुरको पश्चिम सिमाना दाउन्नेका व्यवसायीमा निराश छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम समयमै नसकिँदा राजमार्ग आसपासका धेरै व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परेको छ । विसं २०४६ देखि होटल सञ्चालन गर्दै आउनुभएका बेलबहादुर राई मगरले धुलोकै कारण सवारीसाधन दाउन्नेमा रोकिन कम भएपछि व्यवसायमा असर परेको बताउनुभयो ।

“यहाँ गाडी कमै रोकिन्छन्, धुलोका कारण यहाँ खाना खान कोही चाहँदैनन्”, उहाँले भन्नुभयो । विस्तारका क्रममा सडक खन्नथालेपछि उडेको धूलोका कारण यहाँ व्यापारमा घाटा हुन थालेको छ ।

स्थानीय होटल व्यवसायी रचुन श्रेष्ठले सडक विस्तारको काम सुरु हुनु अगाडि दाउन्नेका होटल यात्रुले भरिभराउ हुने गरेका बताउनुभयो । राभभर यात्रुलाई खाना खुवाउन जाग्राम रहेको विगत उहाँले सुनाउनुभयो । श्रेष्ठका अनुसार दाउन्नेका होटल व्यवसायी हाल फुर्सदिला भएका छन् ।

“कुनै बेला यात्रुलाई खाना खुवाउन बस्ने ठाउँ नै हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले भने कतिबेला ग्राहक आउँछन् र खाना खुवाउन पाइएला भनेर कुरेर बस्नुपर्ने अवस्था छ ।” सडक विस्तारको क्रममा उड्ने धुँवा र धुलोका कारण दाउन्ने क्षेत्रका होटलमा पहिलेको तुलनामा ३० प्रतिशतमात्रै व्यापार हुने गरेको श्रेष्ठको भनाइ छ ।

सडक विस्तार गर्न भनेर गैँडाकोटदेखि बुटवलसम्म नै सडक भत्काइएको छ । सडकमा पहिला गरिएको कालोपत्र फाल्नका लागि सडक जोतेपछि सडकमा खाल्डाखुल्डी र धुलोका कारण सडक किनारका होटलमा खाना खानसक्ने अवस्था छैन । विगत ३० वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएकी व्यवसायी शान्ता श्रेष्ठले देख्न नसकिने गरी धुलो उड्ने गरेको र त्यो सबै धुलो होटलभित्र पस्ने गरेको बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने दाउन्नेमा अहिले टहरासहित करिब दुई सय ५० होटल तथा पसल छन् । सडक विस्तार सुरुहुनु अगाडिसम्म दाउन्नेमा व्यापार फष्टाएको थियो । बुटवल–नारायणगढ सडक विस्तारसँगै धुलोले यहाँको व्यापारमा कमी आएको हो । रासस




भर्खरै