• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

लिग–२ का शीर्ष चार टिमले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने



काठमाडौँ । आइसिसी लिग–२ यही बिहीबार (फेब्रुअरी १५)देखि नेपालमा सुरु हुँदैछ । सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित टियु मैदानमा सञ्चालन हुनेछन् ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यी हुन् लिग–२ खेल्ने टिमहरुः
नेदरल्याण्ड्स
नेपाल
नामिबिया
स्कटल्याण्ड
संयुक्त अरब इमिरेट्स
ओमान
क्यानडा
संयुक्त राज्य अमेरिका

खेलतालिकाः