• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

माल्दिभ्सलाई २ सय १४ रनले हराउँदै नेपाल अपराजित रहेर क्वाटरफाइनलमा



2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध शानदार जित निकालेको छ । मंगलबार भएको समुहचरणअन्तर्गतको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको कीर्तिमानी अन्तरले हराएको हो ।

यो जितसँगै नेपाल अपराजित रहँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘डी’मा रहेको नेपालले यसअघि हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो ।

नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भयो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ६ जना खेलाडी शून्य रनमा आउट भए ।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट लिईन् । यस्तै, पूजा महतो र रुविना क्षेत्रीले ३–३ विकेट लिए ।

यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले रुविनाको शतकमा २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । जारी प्रतियोगितामा यो सर्वाधिक ठूलो रन हो ।

नेपालको यो महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल पनि हो । यसअघि २०२१ नोभेम्बरमा कतारविरुद्ध १६४ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाएका थिए । रुविना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । यससँगै उनी नेपालबाट अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छन् ।

त्यस्तै, पूजा महतो ५९ रनमा नट आउट रहिन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् ।

माल्दिभ्सकी शम्मा अलीले ३ विकेट लिँदा नब्बा बिन्थु नसिमले १ विकेट लिएकी थिईन् ।