५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सलाई २ सय १४ रनले हराउँदै नेपाल अपराजित रहेर क्वाटरफाइनलमा



2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.
अ+ अ-

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध शानदार जित निकालेको छ । मंगलबार भएको समुहचरणअन्तर्गतको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको कीर्तिमानी अन्तरले हराएको हो ।

यो जितसँगै नेपाल अपराजित रहँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘डी’मा रहेको नेपालले यसअघि हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो ।

नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भयो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ६ जना खेलाडी शून्य रनमा आउट भए ।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट लिईन् । यस्तै, पूजा महतो र रुविना क्षेत्रीले ३–३ विकेट लिए ।

यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले रुविनाको शतकमा २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । जारी प्रतियोगितामा यो सर्वाधिक ठूलो रन हो ।

नेपालको यो महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल पनि हो । यसअघि २०२१ नोभेम्बरमा कतारविरुद्ध १६४ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाएका थिए । रुविना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । यससँगै उनी नेपालबाट अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छन् ।

त्यस्तै, पूजा महतो ५९ रनमा नट आउट रहिन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् ।

माल्दिभ्सकी शम्मा अलीले ३ विकेट लिँदा नब्बा बिन्थु नसिमले १ विकेट लिएकी थिईन् ।




भर्खरै