१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

रुविनाको शतक र पूजाको अर्धशतकमा मालदिभ्सलाई २२८ रनको विशाल लक्ष्य

रुविनाको शतक र पूजाको अर्धशतकमा मालदिभ्सलाई २२८ रनको विशाल लक्ष्य
अ अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको विशाल  लक्ष्य दिएको छ ।

मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा यो सर्वाधिक ठूलो रन हो ।

नेपालको यो महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२१ नोभेम्बरमा कतारविरुद्ध १६४ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । रुविना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । यससँगै उनी नेपालबाट अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छन् ।

त्यस्तै, पूजा महतो ५९ रनमा नट आउट रहिन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए ।  कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् ।

माल्दिभ्सकी शम्मा अलीले ३ विकेट लिँदा नब्बा बिन्थु नसिमले १ विकेट लिइन् ।