२७ माघ २०८१, आईतवार
,
Latest
प्रदेश आमसञ्चार विधेयक सदनमा पेस प्रतिनिधिसभाबाट विधेयक फिर्ता जलस्रोत विधेयकमाथि दफावार छलफल स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ जना घाइते कांग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन: सभापति देउवा प्रतिनिधिसभा बैठकः सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ किङडम र फेरिल्यान्डलाई उपाधि हिमाल कालादेखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण : सभामुख श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले माल्दिभ्ससँग टस जित्यो, पहिला ब्याटिङ गर्ने



2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.
अ+ अ-

काठमाडौं । जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्ससँग टस जितेको छ । मलेसियाको बाँगीमा भएको टस जितेर नेपालकी कप्तान इन्दु बर्माले पहिला ब्याटिङ रोजेकी छिन् ।

समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै खेलमा हार बेहोरेको माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो ।

१६ टोली सहभागी प्रतियोगितामा चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।