२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनबाट जनताका दु:ख पार लाग्दैनन् : माधवकुमार नेपाल



अ+ अ-

जनकपुरधाम । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दु:ख पार लाग्ने कुरा सोच्न पनि नसकिने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) मेधश प्रदेश कमिटी बैठकलाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउनुभएको हो ।

उहाँले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताउनुभयो । वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबी गर्दै उहाँले गठबन्धनको कुनै विकल्पसमेत नरहेको जिकीर गर्नुभयो । लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियिो ।

अर्को एक प्रसंगमा अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्शान पुर्‍याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताउनु भयो ।