६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरुक हुनुपर्ने



अ+ अ-

धरान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिले आज धरानमा आयोजना गरेको ‘स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशालाका प्रमुख अतिथि मन्त्री राईले देशको विविधता र ओझेलमा परेका सम्पदा संरक्षणका लागि कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रविधिमा पनि ज्ञान भएका सञ्चारकर्मी उत्पादन भइरहेका छन् । सञ्चारकर्मीलाई जिम्मेवार, कर्तव्यनिष्ठ बनाउन युनेस्कोको भूमिका पनि महत्वपूर्ण हुन्छ ।”

प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठले स्थानीय संस्कार, संस्कृति संरक्षणका लागि कलम चलाउन आग्रह गर्नुभयो । युनेस्कोले काठमाडाँै बाहिर पहिलो पटक सम्पदा संरक्षणका लागि कार्यक्रम गरेको बताउनुभयो ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिका संयोजक नम्रता शर्माले परम्परागत सञ्चारमाध्यमदेखि एआई युगमा चुनौती थपिएर्का बताउनुभयो ।

चोमोलुङ्मा युनेस्को केन्द्रका अध्यक्ष हरिवंश किरातले स्थानीय सम्पदा नासिदै गएकाले तिनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकार हर्ष सुब्बाले स्थानीय पत्रकारिता सतही हुन थालेको बताउनु भयो । अहिलेको पत्रकारिता अभ्यासमा आचारसंहिताको पालनालाई ध्यान नदिइको बताउनुभयो । रासस