२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्यानिटाइजर सेवन गर्दा दुई जना वृद्धवृद्धाको मृत्यु



अ+ अ-

काठमाडौं । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन् । दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि स्यानिटाइजर सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । मदिराको नशामा गिरीले गत शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति स्यानिटाइजर एकै पटकमा पिएको उनका श्रीमान् छविलालले प्रहरीलाई बताएका छन्  ।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । दुवैलाई उपचारका लागि शनिबार राति कोशी अस्पताल ल्याइएको थियो। शुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने उनीहरुको अवस्था सामान्य थियो। तर अवस्था थप गम्भीर बनेर गएपछि मण्डललाई आईसीयूमा राखिएको र उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।