२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई माओवादीले कारबाही गर्ने, खटिनेलाई विशेष सम्मान



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गर्नुभयो ।

कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि उहाँले निर्देशन दिनुभयो । रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अघि बढिने अध्यक्ष दाहालले बताउनुभयो ।

यस्तै, अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने अध्यक्ष दाहालको भनाई छ ।