• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

माओवादी केन्द्रीय समिति बैठक सुरू



काठमाडौं । राष्ट्रिय सभागृहमा नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरू भएको छ ।

आईतबारबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष रूपान्तरण अभियानमा इन्चार्जहरूले पेस गरेको समिक्षात्मक रिपोर्टमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

आइतबारको बैठकमा प्रदेशका इन्चार्ज, अध्यक्ष र केन्द्रीय निकायका प्रमुखहरूले रिपोर्टिङ गरेका थिए ।

आज अध्यक्ष प्रचण्डले समसामयिक राजनीति, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा ब्रिफिङ गराउने बताईएको छ । स्थायी समितिले गरेको निर्णय तथा विधान अधिवेशनमा पेस गर्ने एजेण्डा अनुमोदन गरी बैठक समापन गरिने केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।