२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्दै



अ+ अ-

काठमाडौँ : क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएका छन् । यससँगै क्यानडाले पहिला ब्याटिङ गर्नेछ ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । यता क्यानडा पनि अन्तिम खेलमा जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, र ललितनारायण राजवंशी छन् ।

क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छन् ।