२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’मा बस्दै



अ+ अ-

ढोरपाटन (बागलुङ)। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले साेमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीयस्थलको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजनाअनुसार पञ्चकोटमा बैठक बस्न लागेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।

“पञ्चकोटको पर्यटन प्रवद्र्धनमा मद्दत पुगोस् भन्ने सरकारको अपेक्षा छ, अब प्रदेशका मुख्य–मुख्य ठाउँमा मन्त्रिपरिषद्को बैठक बस्नुपर्छ भन्ने लागेको छ, हामीहरुले सबै धार्मिक तथा पर्यटकीय ठाउँहरुको विकास, प्रचारप्रसार गर्नुछ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । गण्डकी प्रदेशमा धार्मिक तथा पर्यटकीय गन्तव्य धेरै भएको र यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउनका लागि प्रदेश सरकार गम्भीर भइ लागेको उहाँको भनाइ छ ।

पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि आयोजना हुँदैछ । मन्त्रिपरिषद्को बैठकपछि महायज्ञमा धेरैभन्दा धेरै भक्तजनहरु आउने विश्वास लिइएको मुख्यमन्त्री पाण्डे बताउनुभयो । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक पोखराभन्दा बाहिर पहिलो पटक बस्न लागेको हो । पञ्चकोटका संस्थापक समेत रहनुभएका अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना र आह्वानमा नेपालमा पहिलो पटक यो महायज्ञ हुन लागेको हो । (रासस)