• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

गौशालामा महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ



काठमाडौँ । गौशालास्थित एक होटलमामा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले हत्या गर्नेको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

२८–२९ वर्षकी प्रमीला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पक्राउ परेका पुरुष र प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा रहेका पाईएको छ । प्रमिलाको हत्या गरेर उनी होटलको कोठामा बाहिरबाट साँचो लगाएर भागेका थिए । माघ २६ मा हत्या भएको र घटना दुई दिनपछि सार्वजनिक भएको थियो ।