५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशालामा महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । गौशालास्थित एक होटलमामा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले हत्या गर्नेको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

२८–२९ वर्षकी प्रमीला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पक्राउ परेका पुरुष र प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा रहेका पाईएको छ । प्रमिलाको हत्या गरेर उनी होटलको कोठामा बाहिरबाट साँचो लगाएर भागेका थिए । माघ २६ मा हत्या भएको र घटना दुई दिनपछि सार्वजनिक भएको थियो ।




भर्खरै