• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ ★   विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, १२ जना घाइते ★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना

विश्वप्रकाशको सरकारलाई प्रश्न: रुससँग वार्ता गर्नसक्ने क्षमता छ की छैन ?



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनैतिक पहल र संवान गर्नसक्ने क्षमता देखाउन नसकेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतालाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ की, छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देशबीच कुटनैतिक पहल र सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ की छैन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नरहेको बताउनु भयो ।’

‘उहाँले नागरिकलाई सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो । उहाँले ६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ की छैन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका थिए, सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाल मस्कोबाट । उनीहरु मस्कोको एयरपोर्टमा रसियन सैनिकको गिरफ्तारीमा परे । एक महिनाअघि उनीहरु रसियन सैनिकहरुबाट भागेर मस्को पुगेका थिए । दुतावास पुग्नुअघि पक्राउ परे । उनीहरुलाई फेरि लिएर गइयो र सैनिक सीमामा राखियो । करिव १६ सय किलोमिटर भागेर उनीहरुसँग दुतावासको सम्पर्क भयो । उहाँहरुले सम्पर्कमै आएकै साँझ विमानस्थल पुर्‍याउँदा उनीहरु पक्राउ परे । उनीहरु अहिले रसियन सैनिकको गिरफ्तारीमा छन् । उनीहरुको अवस्था के छ ? नेपाल सरकारलाई जानकारी छ की छैन । उनीहरुलाई उद्धार गर्ने सम्भावना के छ ? रसियन सैनिकमा नेपालले अनुमति नदिकन, रसिया र युक्रेनबीचको वार आफ्नो ठाउँमा छ ।’

‘जसको अन्त्य होस् भन्ने हामी कामना गर्दछौँ । तर युद्धसँग असम्बन्धित देशका मानिसहरु नेपाल सरकारले अनुमति नदिकन यहाँबाट मानव तस्कर गरेर लैजानेहरुको सञ्जाल तोड्नका लागि नेपाल प्रहरीले काम गरिरहेको छ । यताबाट तोड्नुपर्ने कुरासँगै उताबाट जोडेर ल्याउनुपर्ने कुरामा नेपाल सरकार छ ? सरकारको कुनै न कुनै सम्पर्क भइरहेको, दुतावासको दुतलाई बोलाएर कुरा गरेको भन्दा बाहेक हाम्रो कुटनैतिक पहल, सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ की छैन ? जम्मा यकिन संख्या कति छ ? सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्छ ।’

महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरुको उद्धार गर्न सरकारको पहल नपुगेको बताउनु भयो ।