२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा काँग्रेस र प्रचण्ड–माधव पक्ष



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो ।

काँग्रेसका एक नेताका अनुसार त्यसको अर्थ ओली सरकारलाई निरन्तरता दिने भन्ने थिएन । ‘ओलीले आफ्नो विकल्प अघि सार्ने विषयमा केही कदम चाल्लान् भन्ने विश्वास थियो । तर उनका पछिल्ला गतिविधिले दाहाल–नेपाल समूहलाई गलाएर, थकाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन खोजेको देखियो,’ ती नेताले भने, ‘अब काँग्रेसले पनि रणनीति परिवर्तन गर्नुपर्छ ।’

काँग्रेसले अब लिने विकल्प भनेको दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने हो, जुन विषयमा अनौपचारिक संवाद भइरहेको दुवै पक्षका नेता बताउँछन् । अर्को विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा गएका दलहरुबीचकै गठबन्धन प्राकृतिक हुने बताउँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने संकेत दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।