• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

एसीसी महिला प्रिमियर कप: नेपालले टस जितेर फिल्डिङ रोज्यो



2024 ACC Women’s Premier Cup. 11th February 2024, Bayumas Oval. Match between Nepal and Bhutan

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले भुटानको सामना गर्दैछ । मलेसियाको बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपाल र भुटानले समूह ‘डी’ अन्तर्गतको आआफ्नो पहिलो खेल जितेका छन् । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो । भने भुटानले माल्दिभ्सलाई ९४ रनले हराएको थियो ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् । चार समुहका विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुनेछन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुनेछन् ।