• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

लिभरपुलले बर्नलेलाई हरायो, हालाण्ड चम्किँदा सिटी विजयी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा बर्नलेलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिओगो जोटा (३१ औं मिनेट) लुइस डियाज (५२ औं मिनेट) र डार्विन नुनेज (७९ औं मिनेट) ले एक–एक गोल गरे । बर्नलेका डारा ओ’सियाले एक गोल फर्काए ।

जितसँगै लिभरपुल २४ खेलबाट ५४ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । बर्नले १३ अंकका साथ १९ औं स्थानमा छ ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई २–० गोलले पराजित गर्यो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन दुबै गोल एर्लिङ हालाण्डले गरे । उनले ७१ औं र ८५ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै सिटी २३ खेलबाट ५२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । एभर्टन १९ अंकका साथ १८ औं स्थानमा छ ।