८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका पूर्व कानूनमन्त्री खावाईलाई जमानत दिने अदालतको निर्णय



अ+ अ-

टोकियो । निवार्चन ऐन उल्लंघन गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका जापानका पूर्व कानूनमन्त्री खावाई खाचुयुकी बिरुद्द टोकियोको जिल्ला अदालतले ५ करोड यन जमानत माग गरेको छ ।

पूर्व मन्त्री खावाई खाचुयुकीका वकीलहरुको जमानत दिनुपर्ने मागलाइ अदालतले स्वीकार्दै ५ करोड यन जमानत भर्न आदेश दिएको हो । अभियोजनकर्ताहरु भने अदालतको निर्णयप्रति असन्तुष्ट रहेको समाचारमा उल्लेख छ । 

जमानत रकम बुझाएर खाचुयुकीका आजै रिहाइ हुनसक्ने बताइएको छ । उनि अघिल्लो चुनावका बेला मतदाताहरुलाई आकर्षित गर्न रकम बाडेको आरोपमा गत वर्षको जुन महिनामा पक्राउ परी अगष्ट महिनाबाट पुर्पक्षका थुनामा थिए ।

अदालतले उनका वकीलहरुले मागेको जमानत ५ औ पटकमा स्वीकार गरेको हो । श्रीमतीलाई चुनाव जिताउन करिब १०० जना मतदातालाई २ करोड ९ लाख बाडेको आरोप उनी माथि छ ।  उक्त आरोपलाई भने उनले अहिले सम्म स्वीकार गरेका छैनन् ।