१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका पूर्व कानूनमन्त्री खावाईलाई जमानत दिने अदालतको निर्णय



अ+ अ-

टोकियो । निवार्चन ऐन उल्लंघन गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका जापानका पूर्व कानूनमन्त्री खावाई खाचुयुकी बिरुद्द टोकियोको जिल्ला अदालतले ५ करोड यन जमानत माग गरेको छ ।

पूर्व मन्त्री खावाई खाचुयुकीका वकीलहरुको जमानत दिनुपर्ने मागलाइ अदालतले स्वीकार्दै ५ करोड यन जमानत भर्न आदेश दिएको हो । अभियोजनकर्ताहरु भने अदालतको निर्णयप्रति असन्तुष्ट रहेको समाचारमा उल्लेख छ । 

जमानत रकम बुझाएर खाचुयुकीका आजै रिहाइ हुनसक्ने बताइएको छ । उनि अघिल्लो चुनावका बेला मतदाताहरुलाई आकर्षित गर्न रकम बाडेको आरोपमा गत वर्षको जुन महिनामा पक्राउ परी अगष्ट महिनाबाट पुर्पक्षका थुनामा थिए ।

अदालतले उनका वकीलहरुले मागेको जमानत ५ औ पटकमा स्वीकार गरेको हो । श्रीमतीलाई चुनाव जिताउन करिब १०० जना मतदातालाई २ करोड ९ लाख बाडेको आरोप उनी माथि छ ।  उक्त आरोपलाई भने उनले अहिले सम्म स्वीकार गरेका छैनन् ।