३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता बिरामीले लसुनको प्रयोग गरे ज्यान जाने खतरा !



अ+ अ-

काठमाडौं । लसुनले हाम्रो खानालाई मीठो बनाउने मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वास्थ्य रहन धेरै मद्दत गर्दछ । लसुनको प्रयोग गर्न जाने धेरै रोगको ओखती हुन्छ ।

लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ तर लसुनले सबै मानिसलाई राम्रो गर्छ भन्ने छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ किनभने सबै किसिमका रोगहरुमा लसुनको प्रयोगले फाइदाँ गर्दैन ।

कुनै कुनै रोगहरु यस्ता हुन्छन् कि लसुनको प्रयोग गर्दा थप दुख पाइन्छ भने कतिमा त ज्यान जानेसम्मको अवस्था श्रृजना हुनसक्छ । केही रोगिहरुले लसुनको सेवन वर्जित गर्दा नै फाइदा हुन्छ । थप जानकारीका लागि भने तपाईले डाक्टरसँग सल्लाह लिनु सबै भन्दा बढि बुद्धिमानी हुन्छ ।

लसुनको सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु :

शल्यक्रिया गर्न लागेको व्यक्ति–  कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ ।

जन्डिस– जन्डिस भएकाले लसुन खाएमा जन्डिस बिग्रिन सक्ने भएकाले त्यस्ता मानिसले लसुन खानु हुदैन । कलेजो सम्बन्धी समस्या भएकाका लागि लसुन उपयुक्त मानिदैन ।

कम रक्तचाप भएको व्यक्ति– लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ । यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन् । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ ।

सुत्केरी अवस्था– सुत्केरी अवस्थामा सामान्य मात्रामा लसुन खादा हुन्छ । तर बढीमात्रामा खायो भने सुत्केरी र स्तनपान गराउने महिलालाई राम्रो गर्दैन ।

झाडापखाला लागेको व्यक्ति– झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ । यस्तो अवस्था हुँदा, दिसा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

आँखाको रोग भएको व्यक्ति– आँखाका रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन । विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ । यो रोगीले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् ।

पेटको समस्या– आन्द्रामा ग्यास जम्मा भएकाले पेट दुखेर अथवा पेट पोलेर हैरान हुनसक्छ त्यसैले पेटको समस्या भएकाले लसुन खानु हुदैन ।

यसैले यस्ता बिरामी भएका मानिसहरुले लसुनको प्रयोग सकेसम्म नगरेकै राम्रो । एजेन्सीको सहयोगमा