२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त



अ+ अ-

काठमाडौं । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की रहनु भएको छ । त्यस्तै नेपाली कांगेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री नियुक्त हुनु भएके छ भने कांग्रेसबाटै इन्दिरा थापा राज्यमन्त्री नियुक्त हुनु भएको छ ।

बुर्जामगरलाई खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीलाई सामाजिक विकास मन्त्रालय ,खत्रीलाई उद्योग, कृषि तथा सहकारी र सुनुवारलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ । कांग्रेसकी इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी राम रहनु भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले राख्नु भएको छ ।