१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त



अ+ अ-

काठमाडौं । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की रहनु भएको छ । त्यस्तै नेपाली कांगेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री नियुक्त हुनु भएके छ भने कांग्रेसबाटै इन्दिरा थापा राज्यमन्त्री नियुक्त हुनु भएको छ ।

बुर्जामगरलाई खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीलाई सामाजिक विकास मन्त्रालय ,खत्रीलाई उद्योग, कृषि तथा सहकारी र सुनुवारलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ । कांग्रेसकी इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी राम रहनु भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले राख्नु भएको छ ।