काठमाडौं । पाँच भूतपूर्व प्रमुख निर्वाचन आयुक्तले निर्बाचन आयोगलाई नेकपाको विवादमा यथाशीघ्र निर्णय दिन आग्रह गरेका छन् । बुधबार एक बिज्ञप्ति जारी गर्दे उनिहरुले आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रिया तथा आयोगको साखमा असर गर्न सक्ने चिन्तासमेत व्यक्त गरेका छन् ।
भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादब र दोलखबहादुर गुरुङले सयुक्त रुपमा बिज्ञप्ति जारी गर्नुभएको हो । यस अघि प्रतिनिधिशभा बिघटन बारे सर्बोच्च अदालतमा मुद्धा बिचाराधिन रहेको बेलामा ४ जना पूर्बप्रधानन्यायाधीसले पनि सयुक्त रुपमा बिज्ञप्ति जारी गर्नुभएको थियो ।











