७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी गर्नुहोस् मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेट बैंकिङबाट २० लाखसम्मको कारोबार



अ+ अ-

काठमाडौं । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा बढाएको छ भने धितोपत्रको कारोबारका लागि तोकिएको सीमा नै हटाएको छ ।

केन्द्रीय बैंकले बुधवारदेखि लागू हुने गरी मोबाइल बैंकिङको कारोबार प्रतिदिन रू।२ लाखसम्म गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा दैनिक रू १ लाखसम्म मात्र गर्न पाइन्थ्यो । त्यस्तै अब अनुमतिप्राप्त धितोपत्र दलालहरूसँग धितोहरूको कारोबारबापत तोकिएको बैंक खातामा जति रकम पनि भुक्तानी गर्न सकिने भएको छ । यसअघि धितोपत्रको कारोबार गरेबापत प्रतिभुक्तानी कारोबार अधिकतम मोबाइल बैंकिङतर्फ रू १ लाख र इन्टरनेट बैंकिङतर्फ रू १० लाख थियो ।

धितोपत्र कारोबारमा भुक्तानीको सीमा आवश्यक नदेखिएको र कहिलेकाहीँ साबिक सीमाले नपुगेकाले सीमा हटाएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । दिनप्रतिदिन कारोबारको आकार बढ्दै गएकाले विद्युतीय सीमालाई बढाइएको उनको भनाइ छ ।

अब इन्टरनेट बैंकिङमार्फत मर्चेन्ट पेमेन्ट र खातामा ट्रान्सफर गर्ने सीमा पनि २० लाख रुपैयाँ पुर्याइएको छ । यसअघि यसको सीमा दैनिक रू १० लाखसम्म मात्र थियो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै उक्त सीमा तोकेको हो । राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै नगद कारोबारभन्दा विद्युतीय कारोबारलाई बढाउन यस्तो सीमा बढाएको हो । आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन्  ।