२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले आठ विकेट गुमायो, खेल रोमाञ्चक मोडमा



अ+ अ-

काठमाडौँ । ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले क्यानडाको आठ विकेट झारेको छ । क्यानडाको आठौँ विकेट ललित राजवंशीले लिएका हुन् ।

नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२.२ ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको छ ।

खेल रोमाञ्चक मोडमा पुगेको छ । अब क्यानडालाई जितका लागि ३३ बलमा १८ रन आवश्यक छ ।

नेपालको लागि कप्तान रोहित पौडेलले ३ विकेट लिँदा कुशल मल्ल, सोमपाल कामी, रिजन ढकाल र पवन शराफले एक एक विकेट लिएका छन् ।