• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी

१ सय ८ भारी दाउराको आगाको भुँग्रोमा नाच



भक्तपूर । विज्ञानलाई चुनौति दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् ।

गएराती चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोवास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिव २ सय जनाले विज्ञानलाई समेत चुनौति दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका हुन् ।

यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरुले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घरपरिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोहि कुलका १२ जना नयाँ डाङ्ग्रेहरु तयार परेका थिए । ती डाग्रेहरु १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन् । उनीहरु आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि पाको वायु भएको मानिन्छ । कुलायन पुजामा सहभागी बनेका डाग्रेहरुले खाली खुट्टाले आगोको भुँग्रोमा जान आफूहरुलाई शुरुमा डर लागेपनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन् ।

कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । खली खुवाउने दिन बेलुका ती डाँग्रेहरुलाई गुरुहरुसहित १ सय ८ भारी दाउराको भुँग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिइ डाँग्रेहरुलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ । धामी गुरु धमेन्द्र बिष्टले खली खुवाउने कार्य गरे आफ्नो कुल गोत्रमा कोही अकालमा मृत्यु भए मोक्ष पाउने र आफ्नो कुल देवतालाई मान्दा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

आगोको भुँग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण सम्भव भएको अर्का धामी गुरु साजन थापाले दाबी गर्नुभयो ।

एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा तान्त्रिक शक्तिमाथि धेरैले विश्वास नगरेपनि व्राम्हण, क्षेत्रीलगायत विभिन्न समुदायहरुले खली खुवाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।