२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा समिति गठन

प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा समिति गठन
अ अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को आज बसेको बैठकले लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुख तथा सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिवलाई तोकिएको छ ।

प्रदेशमा लागुऔषध सेवन तथा ओसारपसारको समस्या डरलाग्दो रुपमा फैलिन थालेपछि यसको नियन्त्रणका लागि मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले प्रदेशका प्रमुख सचिवकै संयोजकत्वमा सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरेको छ ।

समितिको सदस्यमा आर्थिक मामिला मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखलाई तथा सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई तोकिएको छ ।

समितिले राजस्व वृद्धि, भन्सार जाँच, सीमापार आवागमन, पर्यटन सहजीकरण, रोजगरीको शिलशिलामा भारत जाने नेपालीको अभिलेख व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्ययोजना तयार गरी काम गर्ने छ । रासस