२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ सय ८ भारी दाउराको आगाको भुँग्रोमा नाच



अ+ अ-

भक्तपूर । विज्ञानलाई चुनौति दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् ।

गएराती चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोवास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिव २ सय जनाले विज्ञानलाई समेत चुनौति दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका हुन् ।

यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरुले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घरपरिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोहि कुलका १२ जना नयाँ डाङ्ग्रेहरु तयार परेका थिए । ती डाग्रेहरु १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन् । उनीहरु आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि पाको वायु भएको मानिन्छ । कुलायन पुजामा सहभागी बनेका डाग्रेहरुले खाली खुट्टाले आगोको भुँग्रोमा जान आफूहरुलाई शुरुमा डर लागेपनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन् ।

कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । खली खुवाउने दिन बेलुका ती डाँग्रेहरुलाई गुरुहरुसहित १ सय ८ भारी दाउराको भुँग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिइ डाँग्रेहरुलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ । धामी गुरु धमेन्द्र बिष्टले खली खुवाउने कार्य गरे आफ्नो कुल गोत्रमा कोही अकालमा मृत्यु भए मोक्ष पाउने र आफ्नो कुल देवतालाई मान्दा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

आगोको भुँग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण सम्भव भएको अर्का धामी गुरु साजन थापाले दाबी गर्नुभयो ।

एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा तान्त्रिक शक्तिमाथि धेरैले विश्वास नगरेपनि व्राम्हण, क्षेत्रीलगायत विभिन्न समुदायहरुले खली खुवाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।




भर्खरै