१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन रोइस् मङ्‍गले आफ्‍नै ढंगले



अ+ अ-

सर्ब प्रथम कसैको व्यक्तिगत नामसंग यो उखान जोडिएको हुँदा म माफि माग्न चाहन्छु । प्रत्येक व्यक्तिले जन्मनासाथ व्यक्तिको रूपमा मान्यता पाउनेछ र निज जीवित रहेसम्म कानून बमोजिमको अधिकार उपभोग गर्न पाउनेछ । प्रत्येक व्यक्तिलाई जन्मनासाथ नामको अधिकार हुनेछ र आफ्नो नामको सम्मानजनक तवरले उपयोग गर्न पाउनेछ । प्रत्येक व्यक्तिलाई आफ्नो नाम, इज्जत र प्रतिष्ठाको रक्षा गर्ने अधिकार हुनेछ र त्यस्तो अधिकार अन्य व्यक्तिमा हस्तान्तरण हुन सक्ने छैन । कसैले पनि अन्य व्यक्तिको नाम दुरूपयोग गर्न पाउने छैन । ( मुलुकी देवानी -संहिता) २०७

हामीले भर्खरै बि.संस २०८२ लाई नयाँ वर्षको रुपमा स्वागत गरिसकेका छौं । नयाँ वर्ष मनाउदै गर्दा धेरैले धेरैलाई एक आपसमा शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ । यो कुनै नौलो भने होईन । मिति फेरिएर केहि नहुँदो रहेछ जब सम्म हामी आफूले बनाउने सोंच, धारणा र आफ्नो व्यवहार परिवर्तन गर्न सक्दैनौ तब सम्म एक दिने शुभकामनाले भनेजति शुभ हुन सक्दैन । उहिले हाम्रा पालामा पोष्ट कार्ड किनेर लिखित रुपमा भावना सहित शुभकामना दिने चलन थियो । अहिले बुझ्दै जाँदा त त्यसको प्रत्यक्ष फाईदा त पोष्ट कार्ड बनाउने र बेच्ने लाई पो भएछ जस्तो लाग्छ । आफूलाई त केटी साथीले दिएको पोष्ट कार्ड लुकाउन र फिर्ता स्वरुप कार्ड किन्ने पैसा जुटाउनको नै पिर थियोे । अहिले त कति हो कति शुभकामना पनि । न शुभकामना दिनेलाई चिन्नु छ, न लिनेलाई चिन्नु छ । भौतिक भेटघाट त बरु गोठाला जाँदा नै धेरै हुन्थ्यो ।

अहिलेको यूग प्रविधिको यूग हो । प्रविधिको चेत यति धेरै भयो कि सत्य र असत्य बजारले निर्धारण गरिदिने भयो । यहिं प्रविधिले गर्दा दक्ष र सीप भएका कयौ जनशक्तिले घरको कोठामा बसेर लाखौं आम्दानि पनि गरिरहेका छन् भने अर्को तर्फ दुनियाँ धुरुधुरु रोएका विलापका कथाहरु पनि छताछुल्ल भएका छन् । साच्चै भन्ने हो भने मान्छेलाई आफ्नो ईज्जत जोगाउन हम्मे हम्मे पारेको छ अहिलको प्रविधिले । फेरि सबै दोष प्रविधिको मात्र कहाँ छ र ?दोष हाम्रो मस्तिष्कको पनि छ जो भित्र पहिले नै हामीलाई कसैले भरिदिएको वा आफैले भरेको आफ्नै बुझाई र धारणा जसले राम्रो नराम्रो भन्दा पहिले आफै निर्धारण गर्छ र निर्णय पनि गर्छ जसको यस्तो छाप बस्छ कि हो मैले भनेकै सही हो । संस्कार संस्कृति सहितको प्रविधिको विकासले समाजलाई सकारात्मक परिवर्तन तर्फ लैजान्छ जुन विकसित राष्ट्रले यसको भरपुग उपयोग गरेर अहिलेको अवस्थामा आईपुगेका छन् ।

हामी अहिले विस्तारामै आफ्नो राशिफल देखि छिमेकीको जापान भ्रमण देखि लिएर विवाह, ब्रतबन्ध, टिकाटालो देखि कुम्भ स्नान हुदै, पालिकाको वेतिथि देखि लिएर मन्त्रि परिषदको निर्णय, हाम्रा नेताजीको ज्योतिषको भविष्यवाणी देखि लिएर ट्रम्पको कर नीति, विदेश नीति, एलन मस्कको हाँसो, हमासको आगो, गांजाको लडाई देखि लिएर चीनको प्रगति, मोदीजीको रणनीति देखि युक्रेनको धुलो, पुटिनको चाल हुदै सुनिता विलियम्सको मंगल ग्रहको यात्रा हुदै साथिभाईको मुक्तिनाथको दर्शन देखि सबै कुम्भ मेला आदि ईत्यादि सबै घरमै बसीबसी हामीलाई देखाईदिने, सुनाईदिने यो प्रविधि, अझ रमाईलो पक्ष त पहिला हामीले पैसामा भएको हस्ताक्षर हेरेर मात्र गर्भनरको थाहा पाउदथियौं भने अहिलेको प्रविधिले को र कसरी गर्भनर बन्ने भन्ने चर्चा सुन्न र देख्न पाउँदा मलाई पनि ताजुब लागेर आउछँ । तिम्रो बयान त हजार जिब्रा भएको शेषनागले त गर्न सक्दैनन् म विचरा भुई मान्छे, यस्तो अद्भुत क्षमतावान प्रविधिलाई मेरो कोटीकोटी प्रणाम छ हार्दिक नमन ।

चलाउन जाने यसैले ज्ञान दिन्छ आलुमा लाग्ने खुम्रे किरा देखि मान्छेको दाँतको औषधि यसैमा छ । क्षमता भएका कलाकारहरुको बेजोड प्रस्तुति घरमै बसेर हेर्न पाईन्छ । यस्तो प्रविधि देखेर म भन्छु हामी हेरेको हेरै, फेसबुक खोलेको खोलै, टिकटक हेरेको हेरै, सरकार फेरेको फेरैं ।

फूल्दै नफुलेको गुराँसको बोटमुनि गएर गुराँस उत्सव मनाएको देख्दा मनै कुडिएर आउछँ । हाम्रो देशमा धेरै जसो हामी १ दिने पर्यटकहरु छौ जो बिहान घरको खाना खाएर एक देखि दुई घण्टाको यात्रामा पुगिने कथित पर्यटक स्थलमा पुग्छौ, अनि बेतमासको मोलतोल, गुणस्तर, नुन,तेल र आर्गनिकको विज्ञता छाट्दै २ वटा समोसा, एक प्लेट म:म: खाएर,फेन्टाको बोतल मोटरसाईकलबाटै सडकमा मिल्काएर घर फर्कन्छौ र मोबाइर्लबाट आन्तरिक पर्यटनमा योगदान भन्दै आफ्ना चार थान फोटा सार्बजनिक गर्छौ अनि ३० जना जतिले वा वा हाम्रो नेपाल,रमाईलो, सुन्दर लेख्छन, वस ! भ्रमण सकियो । यस्तो छ हाम्रो पर्यटनको अवस्था (आठ, दश वटा पर्यटक स्थलहरु भने सुन्दर र राम्रो व्यवस्थापन गरिएका पनि छन् )।

विगत २० वर्षको हाम्रो दिर्घकालिन योजनाहरु यसको कार्यान्वयन र यसको प्रगति हेर्न कतै टाढा जानु पर्दैन, ७७ मध्ये कुनै एक जिल्लाको एउटा स्थानिय तहको एउटा वडामा त्यँहाको सुरक्षित खानेपानिको अवस्था वा, पानीजन्यरोगका बारेमा तथ्यांक संकलन गरे पुग्छ । नभएका होईनन् केहि स्थानमा परिवर्तनहरु भएका पनि छन् एक तथ्यांक अनुसार देशका ७५३ स्थानिय तहहरु मध्ये करिब १७ देखि २० वटा स्थानिय तहहरुले मात्रै आफ्नै आम्दालीको श्रोतबाट ( रोयल्टी, हाईड्रो पावर तथा कार्बन कम उत्पादन वापत ) दैनिक कार्यसंचालन र विकास तथा सेवामुलक काम गर्न सक्षम छन् ।

बेला बखतमा हाम्रा युवा नेताजीले किर्तिपुरको मात्र हैन नेपालका सबैडाडाँमा बसेर पैसा कमाउन सकिन्छ भन्दै गर्दा एक घण्टा बिजुली वत्ति गए सबै ईन्टरनेट सेवा बन्द हुने यँहि नेपालको कर्णाली प्रदेशको, नलगाड नगरपालिकाको खान्टाकुरडाडाँमा आएर फेरि त्यो वाक्य सुन्न मन लागेको छ । हो यस्ता डाडाँकाँडा नेपालै भरि छन् । लाखौ पैसा खर्च गरेर प्राविधक ज्ञान सीप हासिल गरेका युवालाई नेपाल फर्काउन कसले सक्ला र खै ?खान्टाकुरा डाँडाकै आसपासमा एक युवाले किवी खेती गर्न रु २ लाख लगानि गरेका छन् तर सिंंचाईको लागि पानि जम्मा गर्ने पोखरी निमार्ण गर्नको लागि कुनै तहको सरकारसंग बजेट छैन । अनि हाम्रा गफमा,भाषणमा हामी युवालाई देशमै रोजगारी दिन्छौ भन्न छाडेका छैनौं तर हाम्रो नीति, योजना र बजेट भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर जस्तो भईरहेको देखिन्छ । अनि गाउँमा बिरामी पर्दा बोकेर लैजाने मान्छे छैनन् । यस्तो अवस्था सिर्जित गर्ने हामी आफै होइनौं र ?हो यसैलाई भनिन्छ किन रुन्छस मंङ्खले आफ्नै ढंगले ।

गाउँमा युवा छन् पनि छैनन् पनि । केहि युवा छन् जो पालिका र वडा गएर दिन विताउछन् बिना काम दुई चार हजार आउने ठाउँ भएको छ अहिले स्थानिय तह । यद्धपि स्थानिय तहले धेरै आशा पनि त जगाएको छ विभिन्न नामका आयोजनाहरु छन् प्रधानमन्त्री स्वरोजगार, युवा स्वरोजगार, युवा उद्यमशिलता ,स्टार्ट अप योजना सहयोग आदि आदि । कोहि युवा छन् आफ्नै र अरुको व्यपार व्यवसायमा संलग्न छन् उत्पादन आफै गर्न सक्दैनन् बाह्य सामाग्रीको लेनदेनबाट आय आर्जन गर्छन । खर्च धेरै आम्दानी कम छ । उनिहरु कति दिन टिक्छन् थाह छैन । कोही युवा छन् स्थानिय र जिल्ला स्तरमा पहुँच बनाएर दैनिक धावन्ति गरिरहन्छन् तर हात लाग्यो शुन्य ।

केहि युवा छन् समाज, समुदाय, उपभोक्त समिति, क्लब, खेलकुद, उद्यमशिलतामा लागेका छन्, परिश्रमी छन्,ईमान्दार छन् तर दिर्घकालिन योजनाको ढाँचामा आवद्धता हुन धेरै चुनौतिहरु भोगिरहेकाछन् । अझै पनि हाम्रो समाजले कृषि कामको सम्मान गर्न जानेको छैन । नेपालमा बसेर दिनको एक हजार कमउन सकिने प्रशस्त सम्भावनाहरु छन् तर घरमा र समाजमा तिनको सम्मान हुदैन, किन विदेश नगएको ? यति काम विदेशमा गर्यो भने त लाखौं कमाई हुन्छ भनेर प्याच बोलिदिने हामी नै हौं । अनि उसले पनि राहदानी बनाउँछ । एयरपोर्टमा गएर वाई वाई नेपाल लेख्छ । विदेश पुग्छ, भने जस्तो काम पाईदैन अनि एक्ले कोठामा रुन्छ । हो यसैलाई भनिन्छ किन रुन्छस मंङ्खले आफ्नै ढंगले ।

भनिन्छ राज हठ बाल हठ र स्त्री हठ अलि शक्तिशालि नै हुन्छन् । महाभारत पढ्नु भएको सत्ताको लालच,सन्तान प्रतिको मोह, कुटनीति, छलकपट,कर्तव्य,त्याग, निष्ठा लगायत धेरै विषयको ज्ञान त्यसमा उल्लेखित छ, महाभारत मात्र हैन अन्य धर्मका ग्रन्थहरुमा पनि जीवन,दायित्व,कर्तब्य, नीति दर्शन उल्लेखित छन्, मान्छेको चेत खोल्नका लागि बुझाउनका लागि नै हाम्रा अग्रजहरुले रचना गरेका होलान । समाज र संस्कृतिको महत्व र गहिराई नबुझी शासन र शुसाशनका नाराले मात्र हुदैन । यतिकुराको ज्ञान नभए फेरि टाउको ठोकेर आफैंले रुनु पर्नेछ अनि त्यो बेला धेरै ढिला भईसकेको हुन्छ अनि सबैले हामीलाई भन्ने छन्, किन रुन्छस मंङ्खले आफ्नै ढंगले ।

अस्तु ।