२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनहरु चाँडै पारित गर्ने गरी काम भइरहेको छः मन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताउनुभएको हो ।

मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानूनहरू ल्याउने बताउनु भयो । उहाँले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुनेगरी कानूनहरू ल्याउने जिकिर गर्नुभयो ।

मन्त्री चौरसियाले भन्नुभयो, “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको छ । धेरै ठूलो संशोधनहरू थिए । ८०–८१ भन्दा धेरै संशोधनहरू थिए । त्यसमा विभिन्न मन्त्रालयको विषयहरू समेटिएको कारणले लामो छलफल र मन्त्रालयहरूको समेत सहमतिले माननीय सांसदहरूले सहमति जनाउनुभएको छ । माननीय सोविता गौतमले भन्नुभयो कानून लामो ल्याउनुभन्दा सानो सानो ल्यायो भने छिटोछरितो हुनसक्छ । एउटाको कारणले अर्को अड्किने, अर्कोको कारणले अर्को अड्किने । हामी प्रयास गर्छौं । एक÷एक वा दुई÷दुई मन्त्रालयको मात्र समेटेर आगामी दिनमा संशोधन ल्याउने प्रयास गर्दछौँ ।”

मन्त्री चौरसियाले अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा पर्यो भनेर भाष्य बनाइएको भन्दै आपत्ति जनाउनु भयो ।