२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनहरु चाँडै पारित गर्ने गरी काम भइरहेको छः मन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताउनुभएको हो ।

मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानूनहरू ल्याउने बताउनु भयो । उहाँले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुनेगरी कानूनहरू ल्याउने जिकिर गर्नुभयो ।

मन्त्री चौरसियाले भन्नुभयो, “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको छ । धेरै ठूलो संशोधनहरू थिए । ८०–८१ भन्दा धेरै संशोधनहरू थिए । त्यसमा विभिन्न मन्त्रालयको विषयहरू समेटिएको कारणले लामो छलफल र मन्त्रालयहरूको समेत सहमतिले माननीय सांसदहरूले सहमति जनाउनुभएको छ । माननीय सोविता गौतमले भन्नुभयो कानून लामो ल्याउनुभन्दा सानो सानो ल्यायो भने छिटोछरितो हुनसक्छ । एउटाको कारणले अर्को अड्किने, अर्कोको कारणले अर्को अड्किने । हामी प्रयास गर्छौं । एक÷एक वा दुई÷दुई मन्त्रालयको मात्र समेटेर आगामी दिनमा संशोधन ल्याउने प्रयास गर्दछौँ ।”

मन्त्री चौरसियाले अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा पर्यो भनेर भाष्य बनाइएको भन्दै आपत्ति जनाउनु भयो ।