२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो, आयोगबाट बिदाइ



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल समाप्त भएको छ । ६ वर्षअघि प्रमुख निर्वाचन आयुक्त बनेका थपलियालाई आज आयोगमा एक कार्यक्रम आयोजना गरेर अन्य पदाधिकारी र कर्मचारीहरुले विदाइ गरेका छन् ।

थपलियाले ०७६ सालदेखि निर्वाचन आयोगको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा ०७९ सालमा तीनवटै निर्वाचन सम्पन्न भएका थिए ।

थपलियाको कार्यकालमा निर्वाचन आयोगले दल विभाजनसम्बन्धी विवादहरुको सामना गर्नुपरेको थियो । उनकै कार्यकालमा जिनर्वाचन सम्बन्धी एकीकृत कानून बनाउने प्रयास आयोगले गरे पनि सरकारले त्यसलाई गम्भीर रुपमा नलिँदा थपलिया त्यसमा भने सफल हुन सकेनन् । साथै राजनीतिक दलसम्बन्धी कानून संशोधनको प्रयास पनि अधुरै रह्यो ।

तर, थपलियाको नेतृत्वमा निर्वाचन आयोगले देखिने गरी भूमिका खेलेको भन्दै उनको प्रशंसा हुने गरेको छ । कतिपयले उनलाई नेकपा एमाले निकट रहेको आरोप लगाउने गरे पनि एकीकृत समाजवादी पार्टी फुटाउने र अध्यादेश ल्याउने लगायतका एमालेका प्रयासहरुलाई थपलियाले साथ दिएनन् ।