२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालले अब जिन्दगीमा कहिल्यै चुनाव जित्दैनन् – अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जिन्दगीमा कुनैपनि हालतमा अब चुनाव जित्न नसक्ने दाबी गरेका छन् ।

बिहीबार नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै ओलीले यस्तो टीप्पणी गरेका हुन् । नेकपा एसका अध्यक्ष नेपालले पटक–पटक मधेशलाई धोका दिएको आरोप लगाउँदै ओलीले अब कुनैपनि हालतमा जनताले भोट दिएर चुनाव जिताउन नहुने बताए ।

‘त्यतिबेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुन्न ।’ ओलीले भने ।

अध्यक्ष ओलीले नेपाललाई प्रधानमन्त्री, उपप्रधानमन्त्री सबै बनाएको तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने काम गरेको भन्दै उनको आलोचना समेत गरे ।

रौतहट एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका माधव नेपालको गृहजिल्ला हो । ओलीलाई रौतहटमा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका थिए । पार्टी विभाजनपछि ओली पहिलो पटक रौतहट पुगेका हुन् ।