६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालले अब जिन्दगीमा कहिल्यै चुनाव जित्दैनन् – अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जिन्दगीमा कुनैपनि हालतमा अब चुनाव जित्न नसक्ने दाबी गरेका छन् ।

बिहीबार नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै ओलीले यस्तो टीप्पणी गरेका हुन् । नेकपा एसका अध्यक्ष नेपालले पटक–पटक मधेशलाई धोका दिएको आरोप लगाउँदै ओलीले अब कुनैपनि हालतमा जनताले भोट दिएर चुनाव जिताउन नहुने बताए ।

‘त्यतिबेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुन्न ।’ ओलीले भने ।

अध्यक्ष ओलीले नेपाललाई प्रधानमन्त्री, उपप्रधानमन्त्री सबै बनाएको तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने काम गरेको भन्दै उनको आलोचना समेत गरे ।

रौतहट एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका माधव नेपालको गृहजिल्ला हो । ओलीलाई रौतहटमा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका थिए । पार्टी विभाजनपछि ओली पहिलो पटक रौतहट पुगेका हुन् ।