२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक रोग नेपालमा चुनौति बन्दैछ: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौति बनिरहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताउनु भयो । उहाँले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । मन्त्री बस्नेतले मानसिक रोगी किन बढीरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानसिक रोगको बारेमा हामीले कुरा गर्दा, नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न थालेको छ । यो अवस्थामा हामी सबैलाई चुनौति नै भइसकेको मानसिक रोग । बच्चाहरुमा पनि त्यस्तै अवस्था शुरु भएको छ । यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरु सहभागीहरुलाई जुटाएर जुन किसिमले किशोरकिशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ । यो प्रशंसा गरेर मात्रै पुग्दैन ।’

‘यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भुमिका निर्वाह गर्नुपर्छ । सबैसँग सल्लाह र सहकार्य गरेर सेवा बिस्तार गरेर अघि बढ्न मन्त्रालय तयार छ । मानसिक रोग व्यापक रुपमा संसारभर बढेको छ । नेपालमा कुरा गरी साध्य छैन । हामीले रोगीलाई उपचार गर्ने कुरा एउटा पार्ट भयो । मानसिक रोगी किन बढीरहेका छन् ? भन्नेकुरा अध्ययन गर्न जरुरी छ । आवश्यक परे कानून पनि बनाउन जरुरी छ । अहिले संसदमा कानून बनाउने पनि बेला भयो । यसमा कानून नै बनाएर व्यवस्थित गर्नसके लागौँ । सहयोग गर्न तयार छौँ । मानसिक रोगीहरु बढ्नुको कारण पत्ता लगाउन जरुरी छ ।’

मन्त्री बस्नेतले मानसिक रोगको निवारणका लागि आवश्यक परे कानून समेत बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।