• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।